Poet
Dipika Timsina
BBS 2nd Year
BBS 2nd Year
सुरुवात हाम्रो दुर्गम अनि सानो त्यो गाउबाट।
मेरो पहिचान खुल्छ सधै तिम्रै इमानदारीताको नाउबाट।
शान्त ,सरल र नम्र व्यबहार भएका उनी निकै महान छन्।
मेरि आमा माता देवि,सरस्वती। अनि मेरा बा सम्पुर्ण भगवानको अर्को रुप हुन् ।
बा,तिमिलाइ आज केही प्रश्न गर्छु है?
तिमी खुलेर नहासेको कति भयो नढाटी भन त बा?
आफ्नो लागि पनि केही गरु जस्तो लाग्दैन बा तिमिलाइ?
थाहा छ बा,
म तिम्रो आखामा हेरेर तिम्रो भावना पढ्न सक्छु,
तिम्रो मौनता देखेर अभाव अनि, छट्पटी देखेर भित्रि पीडा बुझ्न सक्छु,
यति भन्छु बा,
आफ्ना सन्तानप्रती सधै यस्तै बिश्वास गर,
एकदिन कर्मको फल पाइन्छ अवस्य,
आज हाम्रो खराब समय छ के भो?
भोलि एकदिन कसो सुख नआउला र!
बा तिमिलाइ सुख दिन तिम्रा सन्तान छन् ।
हाम्रो खराब समय मात्र हो बा,
भाग्य खराव हैन नि।
एकातिर टाल्नखोज्दा अर्कोतिर चुहिदा।
जिन्दगिबाटै हार खाएर मरु मरु हुन्छ होला।
थकित शरिर,ढल्किदै गरेको उमेरले यतिका जिम्मेवारी बोकेर हिन्न कहाँ सहज छ र।
तिम्रो पनि निकै मन रुन्छ होला आफ्नै हाल देखेर।
उमेरको कत्तिपनी कुरा नगरन बा,
यो दैब पनि तिम्रो अघि झुक्न पर्छ ल!
मेरो सफलता र खुशीको हकदार हौ तिमि,
मेरो सफलतालाइ धैर्य पुर्बक रुक्न पर्छ ल
Tags:
Dipika
सारै मर्मस्पर्शी दिपिका धन्यवाद
ReplyDelete