युवाको आवाज


Poet
Sambridhi Dulal
Class - 7 
Vishwa Adarsha School


विद्यार्थीको टाउको ताकेर चलाएको गोली,  
के खुसी पायौ खेलेर रगतको होली ?

भोलिको भविष्य बीच सडकमा ढाली
तिम्रो ‘बहादुरी’ देखेर कसले बजाउछ ताली ?

तिमी कुर्सी जोगाउँछौ देखाइ बन्दुक र लाठी 
देश भन्दा प्रमुख भएछ तिम्रो राजनितिक पार्टि 

कति लुट्छौ कति खान्छौ जनतालाइ ढाटि 
अब चुप बस्दैनन, नया पुस्ता छ धेरै आटि ।

युवाले अब सिउनेछन एकताको धागो 
गोलीले थाम्न सक्दैन विचारको आगो ।

हो, हामी वाइ-फाइमा हुर्कियौं, तर आवश्यकता जरुर चिन्छौ 
अधिकार हनन गर्यौ भने खोसेर भए नि लिन्छौ । 

भ्रस्टचार माथि उभ्भिएको कुर्सि कमजोर भई थाक्नेछ
त्यहि कुर्सिमा बस्दा एकदिन तिम्रो हात पाउ काप्नेछ ।
Previous Post Next Post

Contact Form