ए दिव्य विदुषी !

Poet
Sweekar Dhungel
11 'G' 
 


ए दिव्य विदुषी —
शास्त्रमा छौ लिन तिमी,
बोल्छ्यौ विज्ञानको वाणी;
आखिर को थियौ कुन्नि मितेरी तिमी?

ए दिव्य विदुषी —
समाज जुन छ नरले भरी,
यस गोलमा पर्यौ कसरी फेरी?
भन ए! कसरी आयौ, मितेरी तिमी?

ए दिव्य विदुषी —
न नाम सुनी, न स्पर्श हेरी,
न सुनी स्वर तर पनि,
जादू चलायौं चमत्कार सरी।

हेरे तिमीलाई आँखा तरी तरी,
बनायौ जीवन हरिभरी।
भेटे शारदा भए सरी,
फर्की आए, पूज्थे जीवनभरी !!
Previous Post Next Post

Contact Form