म अनि मेरा सपनाहरु


Poet
Sandhya Shrestha
BBS 1st Year


म त्यो दोसाधको अपरिचित व्यक्ति हुँ ,

जो आफ्नै सपनाहरुमा अझिएको छ ।

न त वारी, न त पारी, त्यही दोसाधमा बसेर

आफ्ना आकाश झै छरपस्टिएका सपनाहरु

बस एकोहोरो हेरिरहेको छु ।


सपना समेट्ने कोशिस पनि त नगरेको होइन !

समेटिएका सपनालाई फेरी विग्रिएकै अवस्थामा पाउँदा

मेरो - म भित्रको म गलेर आएको छ ।

मेरो - म भित्रको म रोयो, करायो अनि चिच्यायो पनि

तर म भने शान्त पर्खिरहेको छु, त्यही दोसाधमा

आशा छ, त्यो एक दिनको

जहाँ मेरा ती तमाम सपनाहरुको मिलन हुनेछ ।


घाम, पानी र जडो नभनि त्यही दोसाधमा डटेर

बसेको म र मेरा सपनाले सफलताको किरणको 

मिठो आभास पाउने छ ।


तर अहिले म त्यही छु , दोसाधमा 

अनि मेरा सपनाहरु पुरा हुने मिठो कल्पनामा ।।


Previous Post Next Post

Contact Form