Poet
Sandhya Shrestha
BBS 1st Year
म त्यो दोसाधको अपरिचित व्यक्ति हुँ ,
जो आफ्नै सपनाहरुमा अझिएको छ ।
न त वारी, न त पारी, त्यही दोसाधमा बसेर
आफ्ना आकाश झै छरपस्टिएका सपनाहरु
बस एकोहोरो हेरिरहेको छु ।
सपना समेट्ने कोशिस पनि त नगरेको होइन !
समेटिएका सपनालाई फेरी विग्रिएकै अवस्थामा पाउँदा
मेरो - म भित्रको म गलेर आएको छ ।
मेरो - म भित्रको म रोयो, करायो अनि चिच्यायो पनि
तर म भने शान्त पर्खिरहेको छु, त्यही दोसाधमा
आशा छ, त्यो एक दिनको
जहाँ मेरा ती तमाम सपनाहरुको मिलन हुनेछ ।
घाम, पानी र जडो नभनि त्यही दोसाधमा डटेर
बसेको म र मेरा सपनाले सफलताको किरणको
मिठो आभास पाउने छ ।
तर अहिले म त्यही छु , दोसाधमा
अनि मेरा सपनाहरु पुरा हुने मिठो कल्पनामा ।।
