Writer
Abishek Khatiwada
BBS 4th Year
LITERARY ASSOCIATION OF VISHWA ADARSHA ACADEMY (LAVAA) साहित्यिक समुह - विश्व आदर्श
परिचय
लाभा साहित्य प्रेमिहरुको एक संगठन हो । जसले विश्व आदर्श कलेज र विद्यालयभित्र रहेको सम्पूर्ण साहित्य प्रेमी विद्यार्थीहरुलाई समेट्ने प्रयास गरेको छ । यो विद्यार्थीहरुको एक स्वतन्त्र संगठन हो भन्दा फरक नपर्ला । जसको नेतृत्व विद्यार्थी स्वयम्ले गर्दछ , र विद्यार्थी स्वयम्ले विद्यालयमा विभिन्न किसिमका साहित्यसँग सम्बन्धित सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । आजको समयमा सामाजिक सञ्जालको त्यो रङ्गिन पर्दाभित्र बाधिएर रम्न बानी परेको हाम्रो मस्तिष्कलाई पुस्तकको महत्व बोध गराइ निरन्तर अभ्यास गराउनु एक चुनौतिपूर्ण कार्य हो । जुन लाभाले गर्दै आइरहेको छ, र त्यसको अभ्यास स्वरुप हामीले प्रत्यक महिना “पुस्तक वार्ता ’’ सञ्चालन गर्दै आइरहेका छौँ ।
उद्धेश्य
नेपालको कुल जनसंख्या मध्ये गरिबिको रेखामुनी रहेका २१% जनसंख्याभित्रका युवा जनशक्ति आज निम्न पारिवारिक अवस्थाका कारण पलायन हुदै गइरहेको अवस्था, सामाजिक सञ्जालको प्रयोगले मानिसहरुमा मौलाउदै गएको देखासिकि पन, दक्ष जनशक्तिहरु समेत पलायन भइरहेको अवस्था आदिको कारणले गर्दा मानिसहरुमा साहित्य प्रतिको चेत हराउदै गएको, पुस्तक पढ्नेको संख्या पनि घट्दै गएको र सकारात्मक कुराहरुको बहस छलफल हुनुभन्दा बढी नकरात्मकता तर्फ आजको हाम्रो समाज डोईदै गइरहेको छ । त्यसैले पनि कम्तिमा विद्यालय तहबाट नै यीनै कुराहरुको अभ्यास हुदै जाने हो भने भोलीको दिनहरुमा एक असल संस्कारको बिकास भइ साहित्यलाइ लोप हुनबाट बचाउन सकिन्छ कि भन्ने हाम्रो संस्थाको प्रमुख उद्धेश्य हो ।
पृष्ठभुमी
एक युवा जसलाई मैले आजको केही वर्ष अघि भेट्दा पनि साहित्यप्रतिको भुत उसमा त्यति नै सवार थियो र त्यतिबेला उ मेरो अगाडी साहित्य क्षेत्रमा केही गरौँ भन्ने हुटहुटीले प्रस्ताव लिएरै उभिरहेको थियो । उ त्यतिकैमा आफ्ना कुराहरु भन्न शुरु गर्छ, दाइ एक जना इटहरी निवासी एक समाजसेवी व्यक्ति युवराज काफ्ले इटहरीका प्राय सबै विद्यालयमा Reading Circle गठन गरी कम्तिमा आजको समाजिक सञ्जालको युगमा विद्यार्थीलाई पढ्ने बानीको महत्व बोध गराउनु पर्दछ, भन्दै आइरहनु भएको छ । त्यसैले दाइ हजुरलाई त थाहा नै छ, यस्तै एक साहितिक कार्यक्रममा सहभागी हुदाको भेटले यो कुराको जन्म गराएको हो । अब यसलाई तपाईँ हामी मिलेर हाम्रो कलेजमा पनि सुरुवात गर्नुपर्छ होला ।
त्यसपछि मैले केही जवाफ दिन चाहिन र त्यहाँबाट चुप लागेर निस्किएँ ।
सानै देखि नेतृत्वमा रुचि राख्ने म र विभिन्न क्षेत्रहरुमा नेतृत्व गर्ने अवसर मिल्दा नेतृत्व गर्दै अघि बढिरहेको थिए । त्यसैले यो प्रस्ताव मेरो लागि त्यति असहज भने थिएन । त्यही माथि मैले साहित्यको विद्यामा कमै कलम चलाउने गरेको भएता पनि चासो भने निक्कै नै राख्ने गर्दर्थे । तर म आफैलाई आफ्नो पढाइ र करियर बनाउने समयमा यस्तो मुला दुइ पैसाको आम्दानी नहुने संस्थामा आवद्ध भएर के काम जस्तो लाग्ने गर्दथ्यो । यो मलाई मात्र नभइ ब्याचलर लेभलमा पदारोपण गर्दै गरेका र गरिसकेका सम्पूर्णको मनमा यस्तो किसिमको ढयाङग्रो बज्नु स्वभाविक नै हो । किनभने यो समयमा परिवार, शिक्षक र समाज सबैले उसबाट ठुलो अपेक्षा राखेको हुन्छ, र त्यो अनुसार अघि बढ्न नसक्दा आफुमाथि गलानी महशुस गर्ने, फ्रस्टेसन हुने साथै भविष्यमा अप्रिय घटना घटन सक्ने सम्भावनाहरु समेत रहन्छ ।
त्यसछि लगातार भएका केही भेटहरुले पनि मुर्त रुप लिन सकिरहेको थिएन ।
.jpeg)
एक दिन घरमा त्यसै एकान्तमा बसि रहेको बेला यस विषय र आफुलाई जोड्ने प्रयास गरे ।आज देशमा सही नेतृत्वको आवश्यकता छ । पछिल्लो समय गर्दा के हुदैन भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा हामीले बालेन शाहको कार्यशैली देख्दै आइरहेका छौँ । आज उहाँको भिजन विश्वले अनुसरण गर्नुपर्छ भनि, विभिन्न राष्ट्रहरुले भन्दै आइरहेका छन् । त्यसैगरी विश्वका केही प्रभावशाली नेताहरुको सुचिमा उहाँको नाम पनि समावेश हुन पुगेको छ । त्यो हामी सबै नेपालीहरुको लागि एक गर्व गर्न लायकको कुरा हो । त्यसैगरी हरेक कुराको नेतृत्व म आफैले गर्नुपर्छ भन्ने पक्षमा कदापी थिइन,त्यसैले यदि कोही राम्रो नेतृत्व छ र म राम्रो काम गरेर अघि बढ्न चाहन्छु भनेको खडण्मा उसलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्न पनि दिल खोलेर तयार थिए । म भित्र रहेका सकारात्मक विचार तथा मेरो उपस्थितिले मात्र पनि कसैले राम्रो गरेर अघि बढ्न सक्छ भने किन सपोट नगर्ने भनी संकल्प आफैसँग गरे । त्यसैले अब मैले यसलाई त्यति ठुलो रुपमा नलिइ आफ्नो कार्यशैलीको परिचय गराउने एक अवसरको रुपमा लिएर अघि बढ्नुपर्छ भन्ने सोच बनाएँ ।
त्यस लगतै भाइसँग भेटेर "ल राजा यसको लागि चाहिने सम्पूर्ण विधि विधायन छिटै तयारी गरेर मलाई खबर गर्नु है, मैले आफ्नो तर्फबाट सकेको सहयोग गर्न र त्यस समुहमा एक साधारण सदस्यको हैसियतले सम्म रहन मात्र सक्छु ल" भनेर आफ्ना कुराहरु प्रष्ट राखे । त्यसैगरी हामी दुइ भाइ तयार भइसकेपछि ब्याचलर र बि.सि.ए का सबै संकायमा सदस्यताको लागि सुचित गरियो ।
नभन्दै हामीले सोचेको भन्दा बढी विद्यार्थीहरुको सहभागिता शुरुवात चरणमै पायौँ । जसले हामीलाई एकदमै हर्षउल्लासित तुल्यायो र त्यही भेलाले १३ जना मुख्य सदस्य समितिको गठन गरायो । त्यसपछि अब अध्यक्ष चयनको लागि गाइगुइ आवाजहरु गुञ्जन थाले । नभन्दै त्यहाँ रहेका १२ जना विद्यार्थीले शुरुमै मलाई प्रस्ताव गरे । एकछिन सम्म त म केही नबोलीकन मौन मात्र रहिरहे,त्यसपछि पनि धेरै नै अनुरोध आउन थालेपछि मैले त्यहीबेला सबैलाई, “आज हामीले लाभा त गठन गयौँ, तर भोलीको दिनमा सरहरुको मुखबाट मैले यि लाभामा लागेका केटाकेटीहरु खै आफ्नै पाराका छन् । पढाइमा चाहीँ त्यती राम्रो छैनन्,खाली क्रार्यक्रम मात्र गरेर हिड्न खोज्छन् भन्ने कुरा सन्नु नपरोस् । हामी सबै कुरामा अब्बल भएककै कारण आज लाभामा पनि छौँ, भन्ने कुराको बोध हामीले सबैमा गराउन सक्नुपर्दछ । त्यसैले पहिला हामी आफु, हाम्रो पढाइ र त्यसपछि मात्र लाभा है" भनी आफु स्वयम् सहित बहुपक्ष संकल्प गराएँ ।
त्यसपछि, विं.सं २०८० पुस १२ गते भएको अनौपचारीक बैठकले मलाई अध्यक्षयतामा निर्वाचित गरायो । सपथ लिए पश्चात त्यहाँबाट आजसम्म आइपुग्दा हामीले शुरुमा Stand up Comedy, त्यसछि बिचमा केही समय पुस्तक वार्ता हुदै तत्कालै मात्र असोज ०४ गतेका दिन Spelling Bee Contest पनि सफलताका साथ सम्पन्न गरिसकेका छौँ । यही Spelling Bee Contest को अवसर पारेर हामी १३ सदस्यबाट २९ सदस्यमा परिणत भएका छौँ । यो हाम्रो संस्था र हामी सबैको लागि खुसीको कुरा हो ।
.jpeg)
हामी पहिले ब्याचलर लेभलमा मात्र सिमित थियौँ, तर अहिले आएर हामीले गर्दै आइरहेको गतिविधि +2 का केही साहित्य प्रेमि भाइ बहिनीहरुले मनपराएर हामी सँग आवद्य भइ सहकार्य गर्न चाहेको हुनाले हामीले भर्खरै मात्र “LAVAA WINGS JUNIOR” नाम दिइएर उनिहरुलाई पनि समेटेका छौँ । शुरुमा त म आफैलाई पनि विश्वास थिएन, हामी कलेजमा मात्र सिमित भएर सामान्य तरिकाले अघि बढ्ने हो भनेर सोचिरहेको थिए । तर पछिल्लो समय हामीले गरेको गतिधिहरुलाई नियालेर बाहिरबाट पनि यति धेरै माया,साथ, समर्थन पाएको देख्दा निक्कै नै गर्व महशुस हुदोरहेछ । कसैले हामीलाई सहयोग गर्नु नगर्नु त्यो आफ्नो ठाउँमा छ , तर तपाईँहरुले राम्रो कामको शुरुवात गरेर अघि बढ्दै हुनुहुदो रहेछ, अघि बढ्नुहो केही परेको खण्डमा हामी पनि सदैव तपाईँहरु सँगै छौँ है ! भनेर कसैले भनिदिइदा मात्र पनि आगामि दिनहरुमा अझ धेरै राम्रो कमहरु गरेर अघिबढ्ने उर्जा मिल्दो रहेछ ।
हामीलाई शुरुवात चरण देखि नै बुझेर हामीले गर्ने प्रत्यक कार्यक्रमहरुमा हामीलाई हरेक कोणबाट सहयोग गर्दै आउनुहुने यसै क्याम्पसका क्याम्पस प्रमुख गणेश कुमार दुलाल सर, त्यसैगरी हाम्रो ब्याचलर र बि.सिए तर्फका कलेज संयोजक माधव कुमार थापा सर र खगेन्द्र बस्नेत सर, मलाई अध्यापन गराउनुहुने साथै विश्व आदर्श परिवारसँग जोडिनुहुने सम्पुर्ण गुरु तथा गुरुआमा साथै अन्य स्टाफ कर्मचारीहरुले पनि आ-आफ्नो तर्फबाट सकेको सहयोग गर्दै आइरहनुभएको छ । त्यसैले यहाँहरु सम्पूर्णको यति मिठो सहयोगको लागि म साथै हामी सम्पूण लाभा परिवारकै तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै भोलिका दिनहरुमा हामीले गर्ने हरेक क्रियाकलपहरुमा यहाँहरुको यसरी नै साथ र सहयोग रहिरहोस् ।
अन्य क्षेत्रमा लाभाले हाँसिल गरेका उपलब्धिहरु
भर्खरै मात्र त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको प्रथम वर्षको नतिजामा हाम्रै लाभाका दुई सदस्य विजय अधिकारी र एलिशा कार्की नेपालभरीकै पहिलो श्रेणीमा उत्तीर्ण हुन सफल हुनुभएको छ । केही महिना अगाडी भएको एक “Business Idea Pitching” मा हाम्रै लाभाका दुइ सदस्य सिमा पाठक र आकृति ओझाले रु एक लाख नगद पुरस्कार जितेर ल्याउन सफल हुनुभएको थियो । त्यसैगरी २०८० साल फागुन ३ देखि ७ गतेसम्म पोखरामा सञ्चालित सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल को एघारौँ संकरणमा हाम्रै लाभाकी उपाध्यक्ष लक्ष्मि आचार्य र सदस्य एलिसा आचार्यले आफ्नै नेतृत्वमा सहभागिता जनाइसक्नुभएको छ ।
अन्त्यमा, हजुरहरु सम्पुर्णको अपेक्षालाई मर्न नदिने गरी सदैव सिर्जनात्मक तरिकाले यसरी नै राम्रो कामको अनुसरण गर्दै आउने पुस्ताहरुले अनुशरण गर्न लायकको कामहरु गर्ने छौँ । कहिले काही राम्रो काम गर्दा गर्दै पनि केही कुराहरु नजानेर वा थाहा नपाएर गलत भइरहेको हुन सक्छ । त्यसैले हाम्रा सम्पूर्ण शुभचिन्तक र पाठकहरुमा मेरो एउटा अनुरोध छ ,सदै हाम्रा कामहरुको प्रशंसा मात्र नगरिदिएर, हामीमा रहेका केही सुधारर्न लायकका कुराहरु भए बेलाबखत सचेत गराइदिइ रहनुहोला । धन्यवाद !
यो लेख भर्खरै मात्र विश्वआदर्श कलेजले वार्षिक रुपमा निकाल्ने Voice Of VAC नामक पत्रिकाको दोस्रो संस्करणमा पनि राखिएको छ । जसको झलकहरु तल रहेको छ ।