बा


Poet

Pratikshya Katwal

BBS 4th Year

  बा ! 
भारी पिडालाई लुकाएर,
परिवारलाई मुस्कान दिन सपना सुकाएर
कल्पना गर्न कसरी सक्छौँ, भोक पटुकिले लुकाउछौँ ।
म नअघाउदा तिमी पानीले अघाए भन्छौँ ।।

भाग्छ डर, आत्तिदैन मन, 
जब मेरो गोजी रित्तिदा तिम्रो साथ हुन्छ ।

सपना पूरा गर्न सक्छु भन्ने आट तब हुन्छ,
जब मेरो सकिएको कलममा तिम्रो मसि भर्ने हात हुन्छ ।

बा ! तिम्रो पिडा म महशुस गर्नेछु ।
तिम्रो चस्मा बनेर संसारलाई हेर्नेछु ।।

मेरो लागि देखिएको सपना पूरा गरेर आउनेछु ।
त्यो दिन मात्र तिम्रो स्यावासीको माया पाउनेछु ।

पर्खन बा ! केही वर्ष समय सबैको आउँछ ।
तिमिलाई पनि तिम्रो भागको खुसी मिल्छ 
“अवश्य”

Previous Post Next Post

Contact Form