अन्तर्राष्ट्रिय लगानीको सार : अर्थतन्त्र गतिशीलताको आधार

Writer
Reshma Raut
BBS 1st Year 


हामीलाई थाहा छ एलन मक्स लगानी गरेर नै आज विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । नेपालकै कुरा गर्ने हो भने विनोद चौधरीलाई नचिन्ने कोही छैन होला। त्यसैगरी देशको अर्थतन्त्र कसिलो बनाउन लगानी गर्नुपर्दछ। हाम्रो देशमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू भित्र्याउन अत्यन्तै कठिन छ। अन्तर्राष्ट्रिय लगानी भन्नाले कुनै एक मुलुकको व्यक्ति संस्था तथा राष्ट्रले पुँजी बढाउने उद्देश्यले अर्को मुलुकमा गएर उत्पादनशील क्षेत्रमा पुँजी वा प्रविधि लगानी गर्ने कार्यलाई भनिन्छ । यो पुँजीको विश्वव्यापी विस्तार गर्ने माध्यम हो।  

अन्तर्राष्ट्रिय लगानीको केही चुनौती पनि होलान् तर नेपालजस्तो विकासोन्मुख देशलाई भने यो अवसर हो। हामीले नेपालमा रहेका अन्तर्राष्ट्रिय लगानीको लागि आकर्षण गन्तव्य धेरै देखेका छौं तर राजनीतिक अस्थिरता र प्रभावकारी नीति नियम नभएका कारण लगानी हुँदैन।  

 त्यसैले नेपालमा रहेका जलविद्युत ऊर्जा पर्यटन कृषि सूचना प्रविधि तथा फाइनान्स र बैंकिङ क्षेत्रमा लगानी ल्याउन सके हामी निकै फड्को मार्ने थियौं। नेपालले विदेशी लगानीकर्ता भित्र्याउन लगानीकर्तासँग विशेष कार्यक्रम आयोजना गर्ने, लगानीका अवसर र चुनौतीहरूको बारेमा जानकारी दिने, नेपालको भौतिक र डिजिटल संरचनामा सुधार ल्याउने , सस्तो श्रमशक्ति र प्राकृतिक स्रोत साधनहरूको उपयोग गर्ने, सेवा सुविधा तथा पर्यटनलाई प्रोत्साहन र स्थित राजनीतिक वातावरण बनाउन सके अवश्य नेपालमा लगानी भित्रन्छ।  
  
नेपालले आफ्ना लगानीका आकर्षक क्षेत्रबाट मात्र फाइदा नपाएर विदेशी प्रविधि र विदेशीहरूको नयाँ नयाँ विचार तथा उपायहरू जान्ने अवसर पनि पाउँदछ। जसले गर्दा भविष्यमा हामी आफै हाम्रो अर्थतन्त्र बलियो बनाउन सक्छौ। अन्तर्राष्ट्रिय लगानी नेपाल भित्र्याएपछि नेपालको जलविद्युतबाट ३० हजार मेगावाट विद्युत निकाली अन्य देशमा बिक्री गर्न सक्दछौं साथै नेपाल प्रकृतिको सुन्दरताले भरिपूर्ण देश भएकाले पर्यटनलाई पनि आकर्षण गर्न सक्दछौं। यसले गर्दा हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्दछ।  
 
कृषि नेपालको मुख्य पेशा भएकाले आधुनिक ढङ्गबाट कृषि पेशा गर्दा तरकारी बाली तथा अन्य खाद्य बालीहरू लगाउँदा नेपाल अरु देशमा आत्मनिर्भर हुनु पर्दैन तथा अन्य देशलाई निर्यात पनि गर्न सक्दछ। सूचना प्रविधिमा नेपाल अझै पनि पछाडि आइटीका कार्यहरू नेपालमा सुरुवातमै छन् त्यसैले यस अवस्थालाई मध्यनजर गरी आइटीका क्षेत्रहरूमा लगानी गर्न सकियो भने हामीले अरुको प्रविधिमा भर पर्नु पर्दैन थियो। आफ्नै प्रविधि प्रयोग गर्न सक्दथ्यौं।  

नेपालको बैंक तथा वित्तीय संस्थाहरू बिस्तारै धराशाही बन्दै गएका छन् हामीले सुन्दै आएको सहकारीको करोडौंको ठगी काण्ड त सबैलाई नै थाहा छ। यसरी भरपर्दो काम नहुनेले गर्दाखेरि फाइनान्स तथा वित्तीय क्षेत्रहरू पछि परिरहेका छन् यस्ता क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकियो भने पुजी बढ्ने थियो साथै सस्तो ब्याजमा ऋण उपलब्ध पनि हुन्थ्यो । दशौँ विश्वौँ वर्ष भइसक्दा पनि नेपाल अझै पूर्वाधार विकासमै अल्झिरहेको छ। विदेशी लगानी भित्र्याउन सके हामीले छिटो छिटो पूर्वाधार विकासमा अगाडि बढ्न सक्थ्यौ । 

हुन त आफ्नैको त विश्वास छैन अरुको त के भर भइन्छ तर नेपाल जस्तो विकास उन्मुख देशमा अर्थतन्त्रको गतिशीलता बढाउनका लागि भएपनि अन्तर्राष्ट्रिय लगानी अत्यन्तै महत्वपूर्ण रहेको छ। 
Previous Post Next Post

Contact Form