Poet
Sima Pathak
BBS 3rd Year
धनाढ्य छु भन्दैमा, मान्छे किन्ने गर्या छैन
सहि कर्मले चल्छु म त, पैसाले पद किन्या हैन
अपमान गर्छन अरुले, स्वाभिमान म छाड्ने छैन,
गर्व गर्न पाउछु तर घमन्डी म बन्ने छैन ।
धनाढ्य म धनले बन्न, देवि देवता पुज्या हैन
खान्दानि हूँ, आधुनिक छु भन्दैमा, संस्कार मैले भुल्या छैन
खोट हुन सक्छन् म मा,
खोट सहित जन्म लिन मैले पनि त खोज्या थिइन ।
धनाढ्य त धनले रहिछ, सम्बन्धहरुले त गरिब नै छु
असल साथी र सम्बन्धको अझै पनि खोजिमै छु।
तर विडम्वना, संङकोचले मात्र जन्म लिन्छ
कतै सम्बन्ध पनि धनले गर्दा मात्र त हैन ?
यस्तै रहिछ धनाढ्य जीवन अरुले देख्दा सुनैमा सुगन्द ,
आफुलाई चाहिँ खै किन हो,त्यहिँ सुन काडेतार बनि रोपिरहन्छ । ।