Poet
Laxmi Chaulagain
Class - 7 'Nilgiri'
Vishwa Adarsha School


संसारको भिडमा म आफैलाई खोज्दैछु, 
आफ्नै गतिमा म आफ्नै बाटो रोज्दैछु, 
म को हुँ, म के हुँ, मेरो आफ्नै पहिचान छ, 
मेरो सानो मुटु भित्र एउटा ठुलो सगरमाथाको सान छ ।।

मेरो गल्तीबाट सिक्छु मेरो सफलतामा हाँस्छु, 
म कोहि भन्दा कम छैन, गैरबका साथ बाँच्छु, 
म केवल एक नाम मात्र होइन एउटा जिउदो इतिहास हुँ, 
आफ्नै गन्तव्यको यात्रि आफ्नै कथाको खास हुँ ।।

मेरो विचार मेरो शक्ति मेरो साहस मेरो ढाल, 
सपनाका रङ्गहरुले कोर्दैछु मेरो भविष्यको जाल, 
अरु जस्तो बन्ने होडमा म कहिल्यै दौडिन्नँ, 
आफ्नै मौलिकतामा रमाउछु, म कहिल्यै झुक्दिनँ ।।

1 Comments

Previous Post Next Post

Contact Form