Poet
Saugat Thapa
Grade 11
हे।।।। नेपाली आमा, कति पीडा भईरहेको होला,
आफ्नै कोखको अङ्सले आफैंलाई खाएको देख्दा,
कति आँसु खसाल्दो हो, यो भुमिको माटोले,
आफुले जीवन देको भुमिहरु नासीएको देख्दा,
आखाँबाट आँसु सुक्यो अनि नदिबाट पानी त्यसरी नै,
उडे सन्तान हात कोर्न, रोकियो विकास त्यसरी नै
भुमिबाट मालीलो गए, देशबाट सन्तानहरू,
रहे आमाकहाँ आमाका सुकेका अनि मुझाएका पलहरु
देशलाई अनिकालको बिषले पोलिरहेको मनभरि,
आज हाम्रो मान घट्यो पग्लीएको हिउँसरि
समाधान गर्न चाहादैनन् सन्तान अनि,
बिषलाई अझ विषालू परिरहेका हासेर
एक द्रौपदीलाई नियाल्दा, महायुद्द च्यातियो,
आज प्रत्येक नारीलाई नियाल्छन्, अनि लठ्ठीसरि हाम्रो प्रतिष्ठा भाँचियो
घरघरमा चरित्र हरण गर्ने राक्षस जन्मीए,
आमाका छोराहरू आमाकै घरमा असुराक्षित ठहरिए
आकाशमा उडने पक्षि यो धर्तिमा रम्न चाहान्थे
कुनै समयमा।।।।।।।
आज, ति यो धर्तिलाई हेर्न रुचाउदैनन्।
ऋषिहरु तप् गर्न रमाउथे यो शान्तिभुमिमा,
आज, जोगीपनि यहाँ आउन चाहदैनन्,
देशलाई ठुलो हैन, एउटा असल अङ्स चाहिएको
उनको आचलले झुट र भ्रष्टचार हैन,
सत्यता र देशभक्ति निहालेको
त्यसैले म संगै आउ, त्यो पग्लीएको हिउँ जमाउन,
रोएको माटोको हाँसो ल्याउन,
नारी प्रति सम्मान सिकाउन,
अनि हिॕड म संगै, देशलाई पोलेको घाउमा ओखाती लगाउन
