अनुहारको मोह

Poet
Jiban Niraula
BCA 5th Semester   


ए क्यानभास तिर फर्किएर
रंगहरुको फ्युजन गराइरहेका
मेरा चित्रकार !

तिमी खुब राम्रो चित्र कोर्छौ, हगी ?

हेर न !
वर्षौं भयो मैले ऐना नहेरेको,

वर्षौं भयो प्रत्येक दिन 
कसैले न कसैले मेरो
अनुहार थुतेको,

मैले त
मेरो अनुहारको आकृती नै बिर्सिसकेँ
यो बेला ।

कस्तो होला मेरो अनुहार ?

के तिमी मेरो एउटा चित्र कोरिदिन सक्छौ ?

म धित मरुन्जेल हेर्न चाहन्छु 
आफ्नो अनुहार ,

अन्तिम पटक ।
Previous Post Next Post

Contact Form